चिनियाँ नागरिक अपहरण, ६ जना नेपाली पक्राउ
काठमाडौंको लैनचौरबाट एक जना चिनियाँ नागरिक अपहरणमा परेका छन् । उनलाई आफ्नै फ्ल्याटबाट अपहरण गरेर गोंगबुको एक होटलमा बन्दक बनाएको अवस्थामा प्रहरीले उद्धार गरेको थियो । जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले बुधवार बेलुका उनको उद्धार गरेको हो । प्रहरीले अपहरणमा संलग्न ६ जना नेपालीहरूलाई पक्राउ गरेको छ ।
परिसरका प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक ९एसएसपी० भरत बोहोराले चिनियाँ नागरिकको उद्धारपछि अपहरणमा संलग्नहरूलाई नियन्त्रणमा लिएको बताए । प्रहरीका अनुसार उनीहरूले अपहरणपछि चिनियाँ नागरिकसँग १ करोड रुपैयाँ फिरौती माग गरेका थिए । उनीहरूले चिनियाँ नागरिकको साथबाट ८ लाख नगद र २७ वटा मोबाइलसमेत लुटपाट गरेको प्रहरीले जनाएको छ ।
१९ साउन २०७९, बिहीवार ११:३३ बजे प्रकाशित













