सुन व्यवसायी लामिछानेलाई कैलाली ल्याइयो

मुम्बई उड्न लागेको नेपाल एयरलाइन्सको जहाजबाट पक्राउ परेका सुन व्यवसायीलाई कैलाली ल्याइएको छ ।
बुधबार पक्राउ परेका सन्तोष लामिछानेलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय कैलाली ल्याइएको हो ।

कैलाली प्रहरीको सूचनापछि प्रहरी प्रधान कार्यालय विशेष ब्यूरोबाट खटिएको टोलीले मुम्बई उड्नका लागि जहाजमा चढेका लामिछानेलाई पक्राउ गरेको थियो । उनी धनगढीमा रहेको सौगात सुनचाँदी पसलका सञ्चालक हुन् ।


१९ साउन २०७९, बिहीवार ०८:५४ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु