punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

तीनजना किशोरी एकै रुखमा झुण्डिएको अवस्थामा भेटिए

Chaupati
safha napa

झापाको कचनकवल गाउँपालिकामा तीनजना किशोरी एउटै रुखमा झुन्डिएको अवस्थामा मृत फेला परेका छन्। कचनकवल गाउँपालिका-५ स्थित पाठामारीको बेल्लेगाउँस्थित सुनकोसी चिया बगानको बयरको रुखमा ती किशोरीहरु झुन्डिएर मृत अवस्थामा भेटिएका हुन्।

घटनाको प्रकृति हेर्दा उनीहरु तीनैजनाले आत्महत्या गरेको अनुमान गरिएको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी वसन्त पाठकले बताए।प्रहरीका अनुसार दुईजना किशोरी एउटै हाँगो र एकजना अर्को हाँगोमा झुन्डिएको अवस्थामा भेटिएका हुन्। झुन्डिएको अवस्थामा भेटिएकाहरुमा कचनकवल-५ निवासी पञ्चम गणेशकी १६ वर्षीया छोरी करिना, पुवालु गणेशकी १७ वर्षीया छोरी अञ्जली र वीरबल गणेशकी १६ वर्षीया छोरी कल्पना छन्।

स्थानीयबासीले उनीहरू तीनैजना शनिबार दिउँसोदेखि घरबाट हराएको बताएका छन्। उनीहरूलाई आइतबार बिहान साढे ७ बजे सामूहिक झुन्डिएको अवस्थामा स्थानीयबासीले देखेपछि प्रहरी बोलाएका थिए। ती किशोरी चिया बगानमा काम गर्ने मजदुर थिए। प्रहरीले उनीहरुको मृत्युको कारण खुलिनसकेको जनाएको छ। अहिले घटनास्थलमा प्रहरी पुगेर शव उठाइरहेको छ।


८ साउन २०७९, आइतवार १२:१९ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु