punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

प्रेस युनियनमा देउवालाई धक्का : अध्यक्ष, वरिष्ठ उपाध्यक्ष र महासचिवमा इतरको अग्रता

Chaupati
safha napa

सत्तारुढ नेपाली कांग्रेसनिकट पत्रकारहरुको संगठन नेपाल प्रेस युनियनको नवौं महाधिवेशनको मतगणना जारी छ। बागमती प्रदेशको राजधानी हेटौंडामा शनिबार (७ साउन) भएको निर्वाचनको मत परिणाम आउने क्रम सुरु भएको छ। अहिलेसम्म ६ सय मतगणना भएको छ। जसमा संस्थापन पक्षबाट अध्यक्षमा उम्मेदवारी दिएकी अनिता बिन्दुले २ सय ७१ मत प्राप्त गरेकी छिन्।

त्यस्तै, इतर समूहबाट अध्यक्षको उम्मेदवार बनेका शिव लम्सालले ३ सय २६ मत प्राप्त गरेका छन्। वरिष्ठ उपाध्यक्षमा संस्थापन पक्षका सरोज अधिकारीले २ सय ७८ मत ल्याउँदा इतर समूहका प्रेम केसी २ सय ९५ मत ल्याएका छन्।

महासचिवमा संस्थापन पक्षका उम्मेदवार जगन्नाथ दुलालले १ सय ९० र इतर समूहका दिलीप पौडेलले ३ सय ८० मत प्राप्त गरेका छन्।हेटौंडाको रोयल पार्टी प्यालेसमा गत शुक्रबार (६ साउन) बाट नवौं महाधिवेशन भएको थियो। महाधिवेशन उद्घाटन सत्रमा प्रधानमन्त्री समेत रहेका सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल लगायतको उपस्थिति रहेको थियो।


८ साउन २०७९, आइतवार ०८:४२ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु