प्रदेश सभा सदस्य कर्ण मल्लको राजीनामा स्वीकृत
सुदूरपश्चिम प्रदेश सभा सदस्य कर्ण मल्लको राजीनामा स्वीकृत भएको छ । बुधबार बसेको प्रदेश सभाको बैठकबाट सभामुख अर्जुनबहादुर थापाले उनको राजीनामा स्वीकृत गरेका हुन् । मल्लको राजीनामा पत्र सभामुख थापाले बुधबारको बैठकमा सुनाएका थिए ।
उनले आफू काँग्रेसको टिकटबाट डडेल्धुरा १ को (ख) बाट निर्वाचित भएको तर काँग्रेसले आफूलाई साधारण सदस्यबाट हटाएको कुरा अनलाइनबाट हटाएको थापा पाएपछि पदबाट राजीनामा दिएको सो पत्रमा उल्लेख गरेका हुन् ।
प्रदेश सभामा दर्ता भएको मल्लको पत्रमा वैशाख १३ गते केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्ण प्रसाद पौडेलद्वारा हस्ताक्षरित साधारण सदस्य समेत नरहने गरी कारबाही भएको जानकारी आफूले विभिन्न माध्यम बाट थाहा पाएको र आफू निर्वाचन भएको पार्टीले कारबाही गरेपछि आफूले नैतिकताले राजीनामा दिएको उल्लेख गरेका छन् ।
२९ असार २०७९, बुधवार २२:०२ बजे प्रकाशित












