सुदूरपश्चिम प्रदेश सरकारको बजेट बहुमतले पारित
सुदूरपश्चिम प्रदेश सरकारले आगामी वर्षका लागि पेश गरेको बजेट बहुमतल पारित भएको छ ।
सत्तारुढ दलबीच नै समस्या रहेकोले बजेट बारे प्रदेश सभामा छलफल नै नभएको भनिएको बेला बुधबार एकै दिन बजेटमाथि छलफल भएर बुधबारै पारित भएको छ ।
बजेट बारे बुधबार लामो छलफल भएको थियो । आज बसेको छलफलपछि दोस्रो पटक राति ८ः४५ बजे बसेको बैठकले बजेट पारित गरेको हो ।
आर्थिक मामिलामन्त्री प्रकाश रावलले गत १ असारमा आगामी आर्थिक वर्ष ०७९÷८० का लागि ३६ अर्ब ७४ करोड ६४ लाख ६५ हजारको बजेट सदनमा प्रस्तुत गरेका थिए ।
२९ असार २०७९, बुधवार २१:५९ बजे प्रकाशित












