नेपाल फोटो पत्रकार महासंघ कैलालीको अध्यक्षमा बिष्ट निर्वाचित
नेपाल फोटो पत्रकार महासंघ कैलालीको अध्यक्षमा दिनेश बिष्ट निर्वाचित भएका छन्। नेपाल फोटो पत्रकार महासंघ कैलाली शाखाको चौथो अधिवेशनबाट बिष्ट अध्यक्षमा निर्वाचित भएका हुन्।
यस्तै उपाध्यक्षमा लोकुसिँह ठकुरी सचिवमा राजकुमार साउँद निर्वाचित भएका छन् भने सहसचिवमा जर्नादन उपाध्याय, कोषाध्यक्षमा रमित पाण्डे तथा सह –कोषाध्यक्षमा सरस्वती सफारी निर्वाचित भएका छन् ।
यस्तै सदस्यहरूमा सुर्दशन श्रेष्ठ, तेज बोहरा, राजन जैगडी, हरिस बम, क्षितिज साउँद, शारदा फुलारा, राम सुनार, मदन शाही, पवित्रा ढकाल चयन भएका छन् ।
यस्तै केन्द्रीय पार्षद् ५ जना र प्रदेश पार्षद् ४ जना चयन गरिएको छ ।नेतृत्व चयन सर्वसम्मतिबाट गरिएको जनाइएको छ ।
२५ असार २०७९, शनिवार १८:०३ बजे प्रकाशित































