बालिकालाई बलात्कार गरेको आरोपमा किशोर पक्राउ
बालिका बलात्कार गरेको आरोपमा प्रहरीले एक किशोरलाई पक्राउ गरेको छ । सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिकाकी ७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा १६ वर्षीय किशोरलाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले बताए।
आइतबार बालिकालाई बलात्कार आरोप लागेका किशोरलाई पक्राउ गरी आवश्यक सोधपुछ र अनुसन्धान सुरु गरिएको बताइएको छ। पीडित पक्षले बालिकालाई ती किशोरले आफ्नै घरमा लगेर करणी गरेको भनी जाहेरी दिएको प्रहरीले जनाएको छ।
२० असार २०७९, सोमवार १२:१६ बजे प्रकाशित































