punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

कडा सुरक्षाका साथ बुढीगंगा नगर चुनावको तयारी

Chaupati
safha napa

बाजुराको बुढीगंगा नगरपालिकामा असार २३ गते स्थानिय तहको निर्वाचन कडा सुरक्षाका साथ चुनावको तयारी भइरहेको छ। बुढीगंगा नगरपालिका मदन स्थल लगाएको आसपास सयौं सुरक्षा तैनाथ भइ रहेको दृश्य देख्न सकिन्छ।

बुढीगंगा नगरपालिकामा रहेका १० वटा मतदान स्थलमा नेपाल प्रहरी, शसस्त्र प्रहरी, नेपाली सेना र राष्ट्रिय अनुसन्धान गरि एउटा स्थलमा एक सय भन्दा बढी सुरक्षाकर्मी परिचालन हुने भएका छन् ।
मतदान स्थलको सुरक्षा नेतृत्व नेपाल प्रहरी, शसस्त्र प्रहरीका अधिकृतले गर्ने भएका छन् ।

जिल्ला प्रहरी कार्यलय बाजुराका प्रहरी प्रमुख सुर्य बहादुर थापाले भने सबै मतदान स्थलमा आबश्यक सुरक्षाकर्मीको व्यबस्थापन हुने बताए । मतदान केन्द्रको सुरक्षा नेतृत्व सिनियर प्रहरी अधिकृतले गर्ने थापाले बताएका छन् ।

बुढिगंगामा नगरपालिका १२ हजार ६ सय ५९ मतदाता रहेका छन् । १० वटा मतदान स्थल र १९ वटा मतदान केन्द्र रहेको जिल्ला निर्वाचन कार्यलय बाजुराले जनाएको छ । सबै मतदान केन्द्रमा आवश्यकता अनुसार सुरक्षा व्यबस्थापन गरिसकेको प्रमुख जिल्ला अधिकारी प्रकाश चन्द्र अधिकारीले वताएका छन् ।

मतदातालाइ शान्तिपुर्ण तरिकाले मतदान गर्ने सम्पुर्ण व्यबस्थापन गरिसकेको अधिकारीले बताए ।
निर्वाचनका लागि सोमबार बाट मतदान केन्द्रमा कर्मचारी खटाउन शुरु गरिने मुख्य निर्वाचन कार्यलय बाजुराले जनाएको छ । वैशाख ३० मै निर्वाचन भएको बुढीगंगा नगरपालिकामा विवादका कारण पुन मतदान गर्ने निर्वाचन आयोगले निर्णय गरेको थियो ।


२० असार २०७९, सोमवार ११:४८ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु