punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

नेपालमा ओमिक्रोन भेरियन्टको बीए फाइभ पुष्टि

Chaupati
safha napa

पछिल्लो समय नेपालमा कोरोना भाइरस (काभिड–१९) का सङ्क्रमितको सङ्ख्या बढ्दै जाँदा ओमिक्रोन भेरियन्टको उपप्रजाति बीए फाइभ पुष्टि भएको छ । धुलिखेल अस्पतालमा अनुवांशिक परीक्षण गर्दा ओमिक्रानको भेरियन्टको उपप्रजाति बीए फाइभ पुष्टि भएको अस्पतालले जनाएको छ ।

धुलिखेल अस्पतालमा अनुवांशिक परीक्षण गर्दा अर्थात् जिन सिक्वेन्सिङ गर्दा ओमिक्रोनको उपप्रजाति बीए फाइभ पुष्टि भएपनि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र टेकुस्थित राष्ट्रिय प्रयोगशालालाई जानकारी छैन ।

स्वास्थ्य मन्त्रालयका उच्च अधिकारीले भने, ‘धुलिखेल अस्पतालमा तीन दिनअघि ओमिक्रोन भेरियन्टको उपप्रजाती बीए फाइभ पुष्टि भएको सुन्न आएको थियो । तर, रिपोर्टिङ कहाँका व्यक्ति केहीले पुष्टि भएको हो त्यसबारे जानकारी आएको छैन ।’

यता राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका निर्देशक डा.रुणा झाले सङ्क्रमितहरूको अनुवांशिक परीक्षणलाई जारी राख्ने बताइन् । उनी भन्छिन्, ‘अहिलेसम्म ओमिक्रोनको नयाँ उपप्रजाति पुष्टि भएको छैन ।’

उता स्वास्थ्य मन्त्रालयका सह प्रवक्ता डा. समीरकुमार अधिकारीले हालसम्म सङ्क्रमितहरूको जिन सिक्वेन्सिङ गर्दा ओमिक्रोनको उपप्रजाति बीए फाइभ पुष्टि भएको जानकारी नपाएको बताए ।


१९ असार २०७९, आइतवार १७:१६ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु