रवि लामिछानेको पार्टी निर्वाचन आयोगमा दर्ता, चुनाव चिह्न– गोलाकारभित्र घण्टी
रवि लामिछानेको राष्ट्रिय स्वतन्त्र पार्टीलाई निर्वाचन आयोगले दर्ता गरेको छ । आयोगले दल दर्ताको प्रमाणपत्र दिएको छ । आयोगले सो पार्टीलाई गोलाकारभित्र घण्टी चुनाव चिह्न दिएको छ ।
सञ्चारकर्मी लामिछाने आगामी चुनाव लड्ने तयारीका साथ पार्टी स्थापना गरेका थिए । उनले पार्टीको नाम स्वतन्त्र राखेपछि केही अभियन्ताहरूले नामको विषयमा निर्वाचन आयोगमा उजुरी दिएका थिए ।
१७ असार २०७९, शुक्रवार १६:४८ बजे प्रकाशित













