स्वतन्त्र रुपमा राजनितीमा आएकालाई काम गर्न चुनौती छ: इन्चार्ज भटट्
नेकपा एमाले सुदूरपश्चिम प्रदेश इन्चार्ज लेखराज भटट्ले स्वतन्त्र रुपमा राजनितीमा आएकालाई काम गर्न चुनौती रहेको बताएका छन्। सोमबार धनगढीमा नेपाल निजामती कर्मचारी संगठन सुदूरपश्चिम प्रदेशको प्रथम अधिवेशनमा बोल्दै प्रदेश इन्चार्ज भटट्ले यस्तो बताएका हुन् ।
उनले संगठन निर्माण गर्न बिभिन्न किसीमको रहेको बताए । हामी किन संगठन निर्माण गर्छौँ ? किन आवश्यक पर्छ, उनले भने । संगठन निर्माण गर्न आ आफ्ना सोचहरु छन् । बुझाईहरु छन्, धारणा छन् उनले भने, आफ्ना सोच एक ठाउँमा ल्याउन र बिचार केन्द्रीत गर्न र हाम्रा समान धारणा ब्यक्त गर्न संगठनको आवश्यकता पर्छ उनले भने। अहिले एउटा लहर चलेको छ । स्वतन्त्र ब्यक्ति अगाडी आइराछन् । जनताले तिनलाई समर्थन गरीराछन् । पार्टि भनेको मुख्य संगठन बिना कुनै पनी मुलुक चल्न नसक्ने बताए ।
आज हेर्ने हो भने, स्वतन्त्र ब्यक्तीहरु जो बिजयी प्राप्त गरेका छन्। तिनलाई काम गर्न धौ छ, बिचार छैन्, निती छैन्, योजना छैन् उनले भने। पार्टि सिद्धान्त, निती बिचारबाट चल्छ । पार्टि फुल भिजनबाट सञ्चालन गर्ने, फुल बिचारबाट निर्देशित गर्ने हुन्छ । यस्तै उनले स्थानिय निर्वाचनका बेला नेकपा एमालेले थोरै कम संख्या ल्याएका छौँ,’ उनले भने। जुन हाम्रो बढी जित्ने सम्भावना थियो । यहाँ सत्ताको दुरुपयोग भएको छ, त्यहाँ पैसाको खोलो बग्यो ।
त्यहाँ त देशको प्रधानमन्त्री नै बसेर सत्ताको दुरुपयोग भयो सुदूरपश्चिममा उनले भने । यस्तै इन्चार्ज भटट्ले शान्तीपुर्ण तरिकाले स्थानिय, प्रदेश र संघ तहको निर्वाचनबाट नेकपा एमाले बिजयी भए समृद्ध नेपाल ,सुखी नेपालीलाई कार्यान्वयन हुने बताएका छन्।
नेकपा एमालेले जनताको जनवाद (जनताको बहुदलीय जनवाद)मार्गदर्शक सिद्धान्त भने पनि जवजका अधिकांश विशेषताका आधारमा वर्तमान राजनीतिक व्यवस्था सञ्चालन हुँदै आएको बताए ।
१३ असार २०७९, सोमवार २१:१८ बजे प्रकाशित































