मन्त्रीमण्डल हेरफेरः जीवनराम पर्यटन र मेटमणि शहरी विकासमन्त्रीमा नियुक्त
मन्त्रीमण्डल हेरफेर भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले आइतबार मन्त्रीमण्डल हेरफेर गरेका हुन् । यससँगै एकीकृत समाजवादीबाट सरकारमा सहभागी मन्त्रीहरू परिवर्तन भएका छन् ।प्रधानमन्त्री देउवाको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ मन्त्रीहरूलाई नियुक्ति गरेकी छन् ।
जसअनुसार जीवनराम श्रेष्ठ संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, मेटमणि चौधरी शहरी विकास, भवानीप्रसाद खापुङ स्वास्थ्य तथा जनसंख्या, शेरबहादुर कुँवर श्रम रोजगार तथा सामाजिक सुरक्षा र हिराचन्द्र केसी स्वास्थ्य तथा जनसंख्यामन्त्री नियुक्त भएका छन् ।
राष्ट्रपतिको कार्यालयले आइतबार साँझ विज्ञप्ति प्रकाशित गरी मन्त्रीमण्डल पुनर्गठन गरिएको जानकारी दिएको छ ।
यसअघि एकीकृत समाजवादीको सचिवालय बैठकले पार्टीका मन्त्रीहरूलाई फिर्ता बोलाएर नयाँ मन्त्री बनाउने निर्णय गरेको थियो । २२ जेठमा उक्त निर्णय भए पनि लामो समयसम्म उक्त निर्णय कार्यान्वयन हुन सकेको थिएन ।
१२ असार २०७९, आइतवार २०:३३ बजे प्रकाशित































