नवलपरासीमा चट्याङ लागेर एक जनाको मृत्यु

पश्चिम नवलपरासीमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । बर्दघाट नगरपालिका वडा नं ११ विजयपुरका अन्दाजी ४५ बर्षीय इन्द्र बहादुर चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

बुधबार बिहान खेतमा गएको समयमा पानीसङ्गै परेको चट्याङ लागेर घाइते भएका थिए । चिसापानी अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय बर्दघाटका प्रमुख कृष्ण घिमिरेले जानकारी दिए ।


१८ जेठ २०७९, बुधवार १६:२६ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु