punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

यार्सा संकलन सुरक्षामा खटिएका प्रहरीको लेक लागेर मृत्यु

Chaupati
safha napa

मुगुको कार्मारोङ गाउँपालिका-२ ठुलिकोशी रिमारमा एक प्रहरी कर्मचारीको लेक लागेर मृत्यु भएको छ ।

यार्सा संकलन सुरक्षार्थ खटिएका प्रहरी सहायक हवल्दार राजबहादुर सिंहको हिजो बिहानदेखि टाउको दुख्ने र स्वासप्रस्वासमा समस्या भएको र सीमा प्रहरी चौकी मुगुमा ल्याइ उपचारको लागि निजलाई हेलिकप्टरबाट साढे ११ बजे उद्धार गरी कोहलपुरस्थित मेडिकल कलेजमा पुर्‍याइएको थियो ।

कोहलपुर मेडिकल कलेजमा आज दिउँसो सवा २ बजेतिर मृत्यु भएको प्रहरीले जनाएको छ ।कोहलपुर नगरपालिका-११ बाँके घर भएका सिंह २०६७ सालमा प्रहरी जवानमा भर्ना भएका थिए ।


१८ जेठ २०७९, बुधवार १६:४३ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु