punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

‘यसअघि जितेकाहरूले हेरेनन्, अब त केही गर्लान् कि भन्ने आस छ’

Chaupati
safha napa

कैलालीको धनगढी उपमहानगरपालिका– १ की गंगादेवी कोलीका श्रीमान् बितेको आज २७ दिन भयो । उनी धनगढी उपमहानगरपालिका- १ मा रहेको त्रिनगर माविको मतदान केन्द्रमा पुगेर मतदान गरिन् ।

राम्रो जनप्रतिनिधि पाउने आसमा भोट हाल्न आएको उनी बताउँछिन् । ‘सधैँ विकास गर्छु मात्रै भन्ने नेताहरूले यसपटक हामीजस्तालाई पनि हेर्नुपर्‍यो,ु उनी भन्छिन् । ४८ वर्षीया श्रीमान्‌को जन्डिसका कारण मृत्यु भएपछि उनलाई अहिले खान(लाउनसमेत समस्या भएको छ ।

लामो समयसम्म श्रीमान् बिरामी भएपछि ज्याला मजदुरी गर्दै आएकी गंगादेवीलाई अहिले निकै समस्या भएको छ । उनका २ छोरीको विवाह भइसकेको छ । बाँकी तीन छोराछोरीलाई पढाउन समस्या परेको उनी बताउँछिन् । ‘मलाई त छोराछोरीलाई स्कुलको ड्रेस किन्नलाई पनि पैसा छैन,’ उनले भनिन्, ‘केले खाउँ केले बालबच्चा बढाऊँ ?’

स्कुल पढाउन नसकेपछि उनकी १५ वर्षीया छोरी पढ्न जान छाडेकी छन् । ११ वर्षीय छोरा र ९ वर्षीया छोरी भने स्कुल जान्छन् ।

नजिकै रहेको सरकारी विद्यालयमा छोरा ३ र छोरी १ कक्षामा पढ्ने गरेको उनले बताइन् । लामो समयदेखि श्रीमान् बिरामी भएपछि गंगा देवी आफैँ ज्यालामजदुरी गर्न जान्थिन् । तर, अहिले उनी घरमै बसेकी छन् ।

No description available.

गंगादेवीको १० धुर जग्गामा बनेको सानो घर छ । छाक टार्न समेत अप्ठेरो परेको उनको भनाइ छ । ‘हामी जस्ताका लागि पनि रोजगारीको व्यवस्था गर्नुपर्छ,’ उनले भनिन्, ‘यसअघि जिताएकाहरूले हेरेनन्, अब त केही गर्लान् कि भन्ने आस छ ।’

 


३० वैशाख २०७९, शुक्रवार २३:२० बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु