punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

चितवनमा नरभक्षी बाघलाई नियन्त्रणमा लिइयो

Chaupati
safha napa

चितवनको खैरहनीस्थित कुमरोज मध्यवर्ती सामुदायिक वनबाट नरभक्षी बाघलाई नियन्त्रणमा लिइएको छ ।

चितवन राष्ट्रिय निकुञ्जको टोलीले उक्त भाले बाघलाई मंगलबार बिहान नियन्त्रणमा लिएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आर्चायले जानकारी दिए ।

गत आइतबार बिहान सो बाघको आक्रमणबाट खैरहनी १३ वैरियाका ६५ वर्षीय नारायण दाहालको मृत्यु भएको थियो । बाघले थप क्षति नपुर्‍याओस् भनेर स्थानीयको माग बमोजिम नियन्त्रणमा लिइएको आर्चायले बताए ।

बाघ नियन्त्रणका लागि दुई दिनदेखि प्रयास थालिएको थियो । बाघलाई अहिले खोरमा राखिएको छ ।

 


२१ वैशाख २०७९, बुधवार ०७:३८ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु