punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

७० किलो गाँजासहित एक जना पक्राउ

Chaupati
safha napa

चितवनबाट प्रहरीले ७० किलो गाँजासहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा राप्ती नगरपालिका- ३ का २६ वर्षीय सुजन भनिने बुद्धिलाल प्रजा रहेका छन् । उनको साथबाट ७० किलो गाँजा बरामद गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक नरहरी अधिकारीका अनुसार उनलाई राप्ती नगरपालिका–१ परेवाकोटबाट पक्राउ गरिएको हो ।

गाँजासहित पक्राउ परेका उनीमाथि थप अनुसन्धान सुरु गरिएको अधिकारीले जानकारी दिए ।


१७ वैशाख २०७९, शनिवार ०७:१२ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु