गौरीगंगा नगरपालिकामा २७ जनाले लिए उम्मेदवारी फिर्ता
गौरीगंगा नगरपालिकामा २७ जनाले उम्मेदवारी फिर्ता लिएका छन् । नगरपालिकामा स्थापित निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उनीहरूले उम्मेदवारी फिर्ता लिएका हुन् ।
नगरपालिकाका निर्वाचन अधिकृत निराजन पाण्डेका अनुसार मेयरमा १ जना, उप मेयरमा १ जना, वडा अध्यक्ष १० जना, सदस्य खुला ९ जना, महिला सदस्य ५ जना र दलित महिला सदस्य १ जना गरी २७ जनाले उम्मेदवारी फिर्ता लिएका हुन् ।

१६ वैशाख २०७९, शुक्रवार २२:०१ बजे प्रकाशित













