punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

उम्मेदवारी फिर्ता नलिए कांग्रेसले बागी उम्मेदवारलाई पार्टीबाट निष्काशन गर्ने

Chaupati
safha napa

स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसका आधिकारिक उम्मेदवार विरूद्ध स्वतन्त्र उम्मेदवारी दिने नेता तथा कार्यकर्तालाई नेपाली कांग्रेसले कारबाही गर्ने जनाएको छ ।  देशका विभिन्न पालिकामा कांग्रेसका उम्मेदवारविरुद्ध स्वतन्त्र उम्मेदवारी परेपछि पार्टीले शुक्रबार यस्तो निर्देशन दिएको हो ।

यदी कसैले आधिकारीक उम्मेदवार विरुद्ध स्वतन्त्र उम्मेदवारी दिएको भए शुक्रबार साँझ ५ बजेसम्म उम्मेदवारी फिर्ता लिएर आधिकारीक उम्मेदवारलाई जिताउन सहयोग गर्न पनि पार्टीले निर्देशन दिएको छ ।

‘तोकिएको मिति र समयभित्र आफ्नो उम्मेदवारी फिर्ता नलिएमा त्यस्ता विद्रोही उम्मेदवार, नीजको प्रस्तावक र समर्थकको पार्टी सदस्यता नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा ४ (१३) (ग) बमोजिम समाप्त भई पार्टीबाट स्वतः निष्काशित हुने व्यहोरा जानकारी गराइन्छ’ पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

उक्त विज्ञप्तिमार्फत् वैशाख १६ गते शुक्रबार साँझ ५ बजेसम्म उम्मेदवारी फिर्ता लिई पार्टीका आधिकारिक उम्मेदवारलाई विजयी बनाउन सक्रिय भूमिका निर्वाह गर्न निर्देशन दिइएको छ ।

 


१६ वैशाख २०७९, शुक्रवार ११:२५ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु