punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

चुनावका लागि ३ दिन विद्यालय बन्द रहने

Chaupati
safha napa

निर्वाचन आयोगले मतदानस्थल तथा मतदान केन्द्र रहेका विद्यालय तीन दिन बन्द गराउन सरकारलाई आग्रह गरेको छ।

मतदान तथा निर्वाचनसम्बन्धी व्यवस्थापकीय कार्य सञ्चालन गर्न वैशाख २८ गतेदेखि मिति २०७९ वैशाख ३० गतेसम्म ३ दिनका लागि मतदानस्थल तथा मतदान केन्द्र रहेका विद्यालय बन्द गराउन अनुरोध गरिएको हो।

मतदान केन्द्र तोकिएका विद्यालयका विद्यार्थीहरूको भौतिक उपस्थिति नगराउन र सो अवधिमा विद्यार्थीहरूलाई वैकल्पिक पद्धतिबाट पठनपाठनको व्यवस्था मिलाउन नेपाल सरकारका मुख्यसचिव मार्फत नेपाल सरकारलाई अनुरोध गर्ने निर्णय आयोगले गरेको हो।

आयोगका सहायक प्रवक्ता एवं उपसचिव सूर्यप्रसाद अर्यालद्वारा जारी विज्ञप्तिमा स्थानीय तह निर्वाचनको मतदान हुने मिति २०७९ वैशाख ३० गते शुक्रबारका दिन देशभर सार्वजनिक विदा दिन मुख्य सचिवमार्फत नेपाल सरकारलाई अनुरोध गर्ने निर्णय भएको पनि जनाइएको छ। रासस


१६ वैशाख २०७९, शुक्रवार ०७:२७ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु