punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

धनगढीका १९ वडामा काँग्रेसबाट अध्यक्षका उम्मेदवार को-को ?

Chaupati
safha napa

सुदूरपश्चिमको एकमात्रै उपमहानगरपालिका धनगढीमा मेयर र उपमेयरमा सत्ता गठबन्धनमा आवद्ध तीन दलबीच तालमेल भए पनि वडामा भने तालमेल हुन सकेन । तालमेल नभएपछि नेपाली काँग्रेसले १९ वटै वडामा अध्यक्षका उम्मेदवारको टुंगो लगाएको छ । वडामा गठबन्धनमा आवद्ध दलहरुले मित्रवत प्रतिस्पर्धा गर्ने भएका हुन् ।

काँग्रेस क्षेत्र नम्बर ५ का सभापति भीम पडालका अनुसार १९ ओटै वडामा अध्यक्षको टुङ्गो लागेको छ । धनगढी उपमहानगरपालिका वडा नम्बर १ मा सन्तोष मुडभरी, २ मा धर्मराज ओझा, ३ मा राजबहादुर ऐर, ४ मा बुद्धी खड्का, ५ मा गजेन्द्र शाही, ६ मा डण्डी सुवेदी, ७ मा सीताराम राना, ८ मा देवराज जोशी, ९ मा प्रेम भण्डारी र १० मा राजेन्द्र रानाले अध्यक्षको टिकट पाएका छन् ।

त्यसै गरी वडा नम्बर ११ मा श्याम बिष्ट, १२ मा डवल थापा, १३ मा विजयराज जोशी, १४ मा मानबहादुर बिष्ट, १५ मा सुकदेव राना, १६ मा खेम चन्द, १७ मा माधव राना, १८ मा कुम्भ गिरी र १९ मा बाजु चौधरीले टिकट पाएका छन् । उनीहरुले आजै मनोनयन दर्ता गरिरहेका छन् ।


१२ वैशाख २०७९, सोमवार १६:५६ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु