नेकपा एमालेबाट गोदावरीको मेयर र उपमेयरमा उम्मेदवारी दर्ता
कैलालीको गोदावरी नगरपालिकामा नेकपा एमालेले मनोनयन दर्ता गरेको छ । मेयर, उपमेयर र गोदावरी नगरपालिकाका १२ ओटै वडामा मनोनयन दर्ता गरिएको हो । एमालेका तर्फबाट मेयरमा गोकर्ण भट्ट र उपमेयरमा शारदा देवि रोकायाले मनोनयन दर्ता गराएका हुन् ।
यस्तै गोदावरी नगरपालिकाको वडा नम्बर १ का अध्यक्ष शर्मानन्द भट्ट, २ मा कृष्णराज जोशी, ३ बाट पदम भट्टराईले मनोनयन दर्ता गरेका छन् । त्यसैगरी ४ बाट भिष्म सुबेदि, ५ मा सुद्धिराम चौधरी ६ मा जग्गुराम चौधरी, ७ मा कलावती साँउद, ८ मा गोबिन्द चौधरी र ९ मा हलुवा चौधरीले मनोनयन दर्ता गरेका छन् ।
त्यस्तै वडा न १० मा रामदत्त भण्डारी, ११ मा भिम बिक र मा नन्दबहादुर बिकको मनोनयन दर्ता भएको छ ।
१२ वैशाख २०७९, सोमवार १७:१९ बजे प्रकाशित






























