आलिताल गाउँपालिकामा उमेदवारहरुको टुङ्गो
नेपाली काङ्ग्रेसले डडेल्धुराको आलिताल गाउँपालिकामा उमेदवारहरुको टुङ्गो लगाएको छ । वैशाख ३० गतेको स्थानीय तह चुनावमा गाउँपालिका अध्यक्ष पदका लागि बल बहादुर गुरुङ पाँच वर्ष पछि पुनः चुनावी मैदानमा उत्रिएका छन भने उपाध्यक्ष पदका लागि जला कुमारी बिष्ट (बोगटी) उम्मेदवार रहेको नेपाली काङ्ग्रेस आलितालका सभापति एवं नेपाली काङ्ग्रेस प्रचार प्रसार समिति आलितालका प्रमुख चन्द्रदेव बोहराले बताए ।
गाउँपालिकाका जम्मा आठ वटा वडा मध्ये सात वटा वडाहरुको वडा अध्यक्षहरुको उम्मेदवारी टुंगो लागिसकेको छ भने ५ नम्बर वडाको अध्यक्षको उम्मेदवारका लागि छलफलमै रहेको बताइएको छ । वडा नम्बर १ का लागि गम्भीर सिंह बोहरा, २ का लागि प्रमोद मल्ल, ३ का लागि टेकराज पाण्डे, ४ का लागि चन्द्रदेव बोहरा, ६ का लागी राम बहादुर कुँवर, ७ का लागि टेक बहादुर रोका र ८ नम्बर वडामा धन बहादुर देउवा गरि सात वटा वडा अध्यक्षहरुको उम्मेदवारी टुंगो लगाइएको छ ।
११ वैशाख २०७९, आइतवार २२:१२ बजे प्रकाशित































