एमालेले सुदूरपश्चिमका ७७ पालिकामा टुंग्यायो उम्मेदवार
नेकपा एमालेले सुदूरपश्चिम प्रदेशका ८८ मध्ये ७७ स्थानीय तहमा उम्मेदवारको टुङ्गो लगाएको छ । ११ वटामा भने सहमतिको प्रयास भइरहेकाले उम्मेदवार टुंगो नलागेको एमलेको प्रदेश कमिटीले जनाएको छ ।
धनगढी उपमहानगरपालिकाको उम्मेदवार केन्द्रीय सचिवालय समितिको बैठक र अन्य पालिकाको उम्मेदवार प्रदेश कमिटीले टुङ्गो लगाएको हो ।
डडेल्धुुराको अमरगढी नगरपालिका, भागेश्वर गाउँपालिका, गन्यापधुरा गाउँपालिका, नवदुर्गा गाउँपालिका, बैतडीको पुर्चौडी नगरपालिका, दोगडाकेदार गाउँपालिका, सुर्नया गाउँपालिका, डिलासैनी गाउँपालिका तथा अछामको रामारोशन र मेल्लेख गाउँपालिका र साफेबगर नगरपालिकामा भने स्थानीय गठबन्धनको विषयमा छलफल भइरहेकाले उम्मेदवारको टुङ्गो लगाउन बाँकी रहेको एमालेका प्रदेश कमिटी सचिव धर्मराज पाठकले जानकारी दिए ।
उनका अनुुसार कैलालीको चुरे गाउँपालिकाको उपाध्यक्षको उम्मेदवारको पनि टुुङ्गो लाग्न बाँकी छ । आइतबार साँझसम्म उम्मेदवार छनोट गरिसक्ने पाठकको भनाइ छ ।
११ वैशाख २०७९, आइतवार १८:०८ बजे प्रकाशित































