punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

कञ्चनपुरमा एमालेले टुंग्यायो उम्मेदवार, दुई नगरपालिकामा महिला प्रमुख

Chaupati
safha napa

नेकपा (एमाले)को सुदूरपश्चिम प्रदेश कमिटीले कञ्चनपुरका ९ वटै स्थानीय तहमा प्रमुख उपप्रमुखका उम्मेदवार टुंगो लगाएको छ।एमालेले कञ्चनपुरका दुई नगरपालिकाको मेयरमा महिला उम्मेदवारलाई अगाडि सारेको छ।

बेदकोट नगरपालिकामा अहिलेका उपप्रमुख शुसिला सिंह र बेलौरी नगरपालिकामा भूमि सम्बन्धी समस्या समाधान आयोग कञ्चनपुरकी पूर्वअध्यक्ष कमला बोहरालाई प्रमुख पदको उम्मेदवार उठाउने भएको हो।

यस्तै, बेदकोट नगरपालिकाको उपप्रमुखमा लक्ष्मण राना र बेलौरी नगरपालिकाको उपप्रमुखमा जोगुराम चौधरीलाई उठाउने भएको छ।

एमालेले जिल्ला सदरमुकाम तथा सबैभन्दा ठूलो स्थानीय तह भीमदत्त नगरपालिकाको प्रमुखमा महेशप्रसाद पन्त र उपप्रमुखमा भुवन केसी कुँवर, दोधाराचाँदनी नगरपालिकाको प्रमुखमा किशोर लिम्बु, उपप्रमुखमा खेमा चन्दलाई उम्मेदवार बनाएको छ।

यस्तै, शुक्लाफाँटा नगरपालिकाको प्रमुखमा रणबहादुर महरा, उपप्रमुखमा मोनिका भण्डारी, कृष्णपुर नगरपालिकाको प्रमुख लोकेन्द्रप्रसाद पन्त, उपप्रमुखमा रमिता राना बडायक, पुनर्वास नगरपालिकाको प्रमुखमा पदम पुजारा, उपप्रमुखमा सुशिला खत्रीलाई उम्मेदवार बनाएको छ।

यसैगरी, लालझाडी गाउँपालिकाको अध्यक्षमा निर्मल राना, उपाध्यक्षमा सपना चौधरी र बेलडाँडी गाउँपालिकाको अध्यक्षमा अक्कलबहादुर विष्ट, उपाध्यक्षमा फूलकुमारी राना उम्मेदवार बनाउने निर्णय भएको एमालेले जनाएको छ।


११ वैशाख २०७९, आइतवार १७:३२ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु