स्थानीय तह निर्वाचन : टिकट नपाएपछि एमालेका ९८ जनाले दिए राजीनामा
दार्चुलाको मालिकार्जुन गाउँपालिकामा उम्मेदवार सिफारिस एकलौटी भएको आरोप लगाउदै नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटी सदस्य मोहन सिंह धामीसहित ९८ जना क्रियाशील सदस्यहरुले सामूहिक राजीनामा दिएका छन् ।
मालिकार्जुन गाउँपालिकाका सुदूरपश्मि प्रदेश कमिटी सदस्य सिंह धामीसहितका क्रियाशील सदस्यहरुले शनिवार एमाले दार्चुला जिल्ला इन्चार्ज गणेस ठगुन्नालाई सामूहिक राजीनामा बुझाएका हुन् ।
गाउँपालिका अध्यक्षका दाबेदार एमाले सुदूरपश्मि प्रदेश कमिटी सदस्य धामीले टिकट नपाएपछि उनीहरुले राजीनामा दिएका हुन् । विगत लामो समयदेखि बलियो संगठन निर्माणका लागि एमालेमा क्रियाशील रहे पनि टिकट नपाएपछि जनताको मर्मअनुसार आफूले स्वतन्त्र उम्मेदवार बन्ने मनसाय बनाएको मोहन सिह धामीले बताए ।
११ वैशाख २०७९, आइतवार १८:५४ बजे प्रकाशित































