धनगढीमा भोलिदेखि प्रत्येक दिन ४ घण्टा विद्युत सेवा अवरुद्ध हुने
धनगढीमा भोलिदेखि प्रत्येक दिन ४ घण्टा विद्युत सेवा अवरुद्ध हुने भएको छ। उपमहानगरपालिकाको सहिदगेट–क्याम्पस गेटसम्म सडक विस्तार भइरहेकाले सो क्षेत्रको पोल स्थानान्तरण गर्ने नेपाल विद्युत प्राधिकरण केन्द्र, धनगढीले जनाएको छ।
पोल स्थानान्तरण कार्यका लागि भोलि (सोमवार ) देखि वैशाख मसान्तसम्म हरेक दिन विद्युत सेवा अवरुद्ध हुने धनगढी वितरण केन्द्रले जनाएको छ। केन्द्रका अनुसार हरेक दिन विहान साढे ६ बजेबाट साढे १० बजेसम्म सेवा अवरुद्ध हुनेछ।
११ वैशाख २०७९, आइतवार १७:०९ बजे प्रकाशित






























