कञ्चनपुरमा जिपको ठक्करबाट दुई जना घाइते
पूर्व-पश्चिम राजमार्गअन्तर्गत कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका ५ वन समितिमा जिपको ठक्करले दुई जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार बेदकोट नगरपालिकाका राजकुमार राना र करन राना घाइते भएका हुन् ।
धनगढीबाट महेन्द्रनगरतर्फ आइरहेको वाग्मती प्रदेशको १३७६ नम्बरको जिपले म २ प ९९६१ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक ज्ञानेन्द्रबहादुर सिंहले बताए । उनका अनुसार गाडीमा सांसद र मेयरलगायत चढेका थिए ।
११ वैशाख २०७९, आइतवार १६:५८ बजे प्रकाशित






























