बझाङका १२ वटा पालिकामा यी हुन् एमालेका उम्मेदवार
नेकपा एमालेले बझाङका सबै १२ वटै स्थानीय तहको प्रमुखमा उम्मेद्वार चयन गरेको छ । उपप्रमुख उम्मेद्वार भने ११ वटा स्थानीय तहमा चयन भएका छन् । जयपृथ्वी नगरपालिकाको मेयरमा एमालेबाट सुरतबहादुर सिंह उम्मेद्वार बन्ने छन् भने उपमेयर चयन हुन बाँकी छ ।
साइपाल गाउँपालिकाको अध्यक्षमा मानबहादुर बोहरा र उपाध्यक्षमा डोल्मा तामाङ, तलकोट गाउँपालिकामा कलक रोकायलाई अध्यक्ष र उपाध्यक्षमा रूपा सिंह उम्मेद्वार बन्ने छन् ।मष्टागाउँपालिकामा दिपक रोकाया र शर्मिला रोकाया उम्मेद्वार बन्ने नेकपा एमाले बझाङले जनाएको छ ।
यस्तै खप्तडछान्ना गाउँपालिकामा लोकेन्द्रबहादुर सिंह र उपाध्यक्षमा देवकी जोशी, छविस गाउँपालिकामा रामप्रसाद भट्ट र देवकी बुढा, थलारा गाउँपालिकामा प्रकाश रोकाया र मिरा रावल क्रमश अध्यक्ष र उपाध्यक्षको उम्मेद्वार बन्ने छन् । केदारस्युँ गाउँपालिकामा लोकेश भण्डारी र नारा गुरूधामी, वित्थडचिर गाउँपालिकामा लोकेन्द्र बोहरा, जयन्ती भण्डारीलाई उम्मेद्वार बनाउने एमालेले निर्णय गरेको छ ।
यसैगरी सुर्मा गाउँपालिकामा दिलिप बोहरा र माता बोहरा, दुर्गाथली गाउँपालिकामा दलबहादुर धामी र शारदा कुमारी विक तथा बुंगल गाउँपालिकामा धनदेवी कुँवर अध्यक्ष र अम्मराज जोशी उम्मेद्वार बन्ने छन् ।
११ वैशाख २०७९, आइतवार १६:४७ बजे प्रकाशित






























