punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

कैलालीमा ९१ जनाको सामूहिक राजीनामा

Chaupati
safha napa

कैलालीमा स्थानीय तहको निर्वाचनमा गठबन्धन गर्ने निर्णयप्रति असन्तुष्टि जनाउँदै नेपाली काँग्रेसका वडा सभापतिसहित ९१ जना क्रियाशील सदस्यले सामूहिक राजीनामा दिएका छन् । जिल्लाको धनगढी उपमहानगरपालिका–१८ का वडा सभापति भक्तबहादुर थापासहितका क्रियाशील सदस्यले शुक्रबार नगर सभापति यज्ञराज उपाध्यायलाई सामूहिक राजीनामा दिएका हुन् ।

‘विगत लामो समयदेखि बलियो सङ्गठनका कारण नेपाली काँग्रेसको जित निश्चित भएको हुँदा वडा नम्बर १८ कमिटीका तर्फबाट उम्मेदवार नभएका कारण क्रियाशील सदस्यबाट राजीनामा दिँदै स्वतन्त्र उम्मेदवार उठाउने निर्णय गरेका छौँ,’ वडा सभापति भक्तबहादुर थापाले बताए ।

सामूहिक राजीनामा दिनेहरुमा नेपाली काँग्रेस कैलालीका पूर्व जिल्ला सदस्य लक्ष्मीप्रसाद देवकोटा, पूर्व क्षेत्रीय उपसभापति कुम्भराज गिरी, पूर्व वडाध्यक्ष सालीभान खड्कालगायतका नेता कार्यकर्ता छन् । २०७४ सालमा भएको स्थानीय निर्वाचनमा उक्त वडा माओवादी केन्द्रले जितेका कारण भागबण्डाका क्रममा माओवादीले नै पाउने भएपछि काँग्रेसका नेता कार्यकर्ता असन्तुुष्ट बनेका थिए ।


९ वैशाख २०७९, शुक्रवार १५:३९ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु