punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

संकटमा परेका महिला तथा बालबालिकालाई सहयोग

Chaupati
safha napa

सेती प्रादेशिक अस्पतालको एकद्धार संकट व्यवस्थापन केन्द्र (ओसीएमसी)ले विभिन्न किसिमका संकटमा परेका महिला तथा बालबालिकाकालाई सहयोग गरिरहेको जनाएको छ ।
सो केन्द्रले लैंङ्गिक हिंसाको जोखिमयुक्त परिस्थीतिमा रहेका बेवारिसे तथा शारीरिक, मानसिक रुपले असक्त महिला तथा बालबालिकाकालाई सहयोग गरिरहेको जनाएको छ ।

लैंङ्गिक हिंसा पीडित महिला, अपांगता भएका महिला बालबालिका तथा जेष्ठ नागरिक महिलालाई सहयोग गर्न केन्द्रले एकद्धारबाट आवश्यक सेवा उपलब्ध गराइरहेको ओसीएमसीकी फोकल पर्सन यसोदा ढकालले बताइन् । अहिले पनि प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा हरेक तीनमध्ये एक महिलाले हिंसा भोग्दै आएको उनले बताइन् ।

केन्द्रले हालसम्म १४६ जनाको शारीरिक परिक्षण, १४६ जनाको विधि बिज्ञान तथा चिकित्सकजन्य कानुनी परिक्षण तथा ७७ जनालाई एच।आइ।भी परिक्षण तथा परामर्श र गर्भ परिक्षण सेवा उपलब्ध गराएको जनाएको छ । यस्तै विभिन्न कारणले घाउ चोटपटक लागेको २८ जनाको औषधी उपचार गरिएको केन्द्रले जनाएको छ ।

No description available.

बुधबार धनगढीमा एक कार्यक्रमको आयोजना गर्दै ओसीएमसीले गर्दै आएको काम बारे जानकारी गराइएको हो । कार्यक्रममा विभिन्न संघसंस्थाका प्रतिनिधि, प्रहरी, सरोकारवाला निकाय एवम् पत्रकारको उपस्थिति थियो ।

 


७ वैशाख २०७९, बुधवार २२:०२ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु