कैलालीमा एक जना मृत फेला
कैलालीमा एक जना मृत फेला परेका छन्। जिल्लाको गोदावरी नगरपालिका ५ गेटामा बैतडीको र्सुनाया गाउँपालिका वडा नम्बर ४ घर भई हाल गेटामा डेरा गरि बस्दै आएका राजेन्द्रबहादुर पाण्डेको शनिबार मृत्यु भएको हो।
उनको के कारणले मृत्यु भएको भन्ने बारे अहिले थाहा नभएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवत्ता तथा प्रहरी नायव उपरीक्षक वेदप्रकाश जोशीले बताए । घटना बारे थप अनुसन्धान भइरहेको छ ।
३ वैशाख २०७९, शनिवार २१:०३ बजे प्रकाशित































