punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

माओवादीबाट धनगढीको मेयरमा अधिकारी नाम सिफारिस

Chaupati
safha napa

नेकपा माओवादी केन्द्रको धनगढी नगर कमिटीले धनगढी उपमहानगरपालिकाको मेयरमा शान्ति अधिकारीको नाम पार्टीको तर्फबाट सिफारिस गरेको छ ।
नगर कमिटीको आज बसेको बैठकले अधिकारीलाई मेयरको उम्मेदवार बनाउन पार्टीको जिल्ला समन्वय समिति र प्रदेश कमिटीलाई सिफारिस गरेको माओवादी धनगढी नगर कमिटीका सचिव रमेशप्रसाद भट्टराइले जानकारी दिए ।

अधिकारी गत स्थानीय तह निर्वाचनमा माओवादीबाट धनगढीको उपमेयरको उम्मेदवार बनेकी थिइन् । त्यस्तै धनगढीको उपमेयरमा कृष्णप्रसाद चौधरी, सुरज खाती र बलबहादुर ऐरको नाम जिल्ला समितिलाई सिफारिस गरिएको सचिव भट्टराइले बताए ।

उपमहानगरभित्र रहेका प्रदेश कमिटी तथा जिल्ला समन्वय समितिका सदस्य, पार्टीका विभिन्न आयोग र विभागका सदस्य, सल्लाहकार, नगर कमिटीका पदाधिकारीको सहितको बैठकले उम्मेदवारको नाम सिफारिस गरेको हो । कैलालीमा सत्तारुढ गठबन्धनले चुनावी तालमेल गरेर जाने निर्णय गरेका छन् ।

तालमेलमा सहमति भए पनि सत्तारुढ गठबन्धनबीच स्थानीय तहको नेतृत्व भागवण्डामा भने सहमति जुटेको छैन । ‘गठबन्धन भएको अवस्थामा परिस्थिति फरक होला । तर एक्लै चुनाव लड्नुपर्ने परिस्थितिमा उहाँहरुमध्येबाटै उम्मेदवार बनाएर प्रतिस्पर्धामा जान्छौँ,’ भट्टराइले भने । गठबन्धनमा भएको सहमतिका आधारमा नगरले सिफारिसका आधारमा पार्टीले उम्मेदवार टुङ्ग्याउने भट्टराइको भनाइ छ ।

 


३ वैशाख २०७९, शनिवार १८:५१ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु