punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

कञ्चनपुरमा कार्यरत प्रहरी सहायक हवल्दार विष्टको मृत्यु

Chaupati
safha napa

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा कार्यरत प्रहरी सहायक हवल्दार हरेन्द्र विष्टको मृत्यु भएको छ।

दार्चुलाको मालिकार्जुन गाउँपालिका-६ घर भएका ४० वर्षीय प्रहरी सहायक हवल्दार विष्ट बिहीबार ड्युटीबाट खाना खान भनी जाँदै गर्दा अचानक बेहोस भएका थिए।

उपचारका लागि महाकाली अस्पताल लगिएका विष्टको अस्पतालमै मृत्यु भएको कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक चक्रबहादुर शाहले बताए । पोष्टमार्टम रिपोर्ट आउन भने बाँकी रहेको उनले बताए।


२ वैशाख २०७९, शुक्रवार ११:२३ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु