punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

कैलालीमा आफ्नै शरिरमा आगो लगाएका एक जनाको मृत्यु

Chaupati
safha napa

कैलालीमा आफ्नै शरिरमा आगो लगाएका एक जनाको मृत्यु भएको छ । कैलारी गाउँपालिका वडा नं. २ मझेरा बस्ने बर्ष २९ का अम्मर चौधरीले बिहीबार राती १० बजेको समयमा आफ्नै शरिरमा आगो लगाएका हुन् ।

चौधरीले मादक पदार्थ सेवन गरी आफ्नै शरिरमा डिजल छर्की आगो लगाएको जिल्ला प्रहरी कार्यलय कैलालीले जनाएको छ ।

आगो लगाइ घाईते भएका चौधरीको सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा आज बिहान ६ः२५ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यलय कैलालीका प्रहरी नायव उपरिक्षक वेद प्रकाश जोशीले बताए । प्रहरीले घट्ना बारे थप अनुसन्धान गरिरहेको जनाएको छ ।


२ वैशाख २०७९, शुक्रवार ०८:२१ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु