punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

नौ महिनाको अवधिमा थुर्पै अनुसन्धान सफल भएका छन् : एसपी अधिकारी

Chaupati
safha napa

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख  प्रहरी उपरीक्षक विश्व अधिकारीको काज सरुवा भएको छ । प्रहरी प्रधान कार्यालय काठमाडौंले अधिकारीको हिजो चैत्र २९ गते काज सरुवा गरेको हो । उनको केन्द्रिय अनुसन्धान ब्युरो महाराजगन्ज काठमाडौंमा काज सरुवा भएको छ । सरुवा भएपछि एसपी अधिकारीले बुधबार आफुले कैलाली प्रहरीको कमान्ड सम्हालेको करिब साढे ९ महिनाको प्रगति विवरण पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरेका छन् । पत्रकार सम्मेलनमा उनले आफ्नो कार्यकालमा थुप्रै अनुसन्धानहरुमा सफलता हासिल गरेको बताए ।

चालु आर्थिक वर्ष २०७८/०७९ को  ९ महिनामा जिल्लामा जम्मा १०२४ मुद्दा दर्ता भएका छन् भने गत आर्थिक वर्षको ९ महिनामा मुद्दा दर्ता भएका संख्या १०२४ को तुलनामा यो संख्या ६.६३ प्रतिशतले बढेको उनले बताए ।
यस्तै कर्तव्य ज्यान सम्बन्धी मुद्दामा १४ वटा मुद्दा दर्ता गरिएका छन् भने गत आर्थिक वर्षको ९ महिनामा १२ ओटा मुद्दा दर्ता भएका थिए । ज्यान मुद्धाका धेरै केसमा अनुसन्धान गर्न सफल भएको अधिकारीले बताए । उनले अर्जुन दास घटनामा  भने दोषी अझै फरार रहेको बताए । यस्तै भूपेन्द्र बडुवालको केशमा १३ जना अदालतको आदेशमा पूर्पक्षमा रहेको र केही ब्याक्ति अझै फरार रहेको उनले बताए । ‘ जिल्लामा करिव साढे नौं महिनाको अवधिमा थुर्पै अनुसन्धानमा सफल भएका छौं, अपराध गर्ने ब्याक्तिलाई कानुनको दायरामा ल्याएको छौंझ उनले भने । यस्तै लागुऔषध शीर्षकमा १११ वटा मुद्दा दर्ता भई ९ जना महिला, १६१ जना पुरुष गरी जम्मा १७० जना पक्राउ गरी अनुसन्धान गरिएको  उनी बताउछन् ।

गत आर्थिक वर्षको नौ महिनामा सोही शीर्षकमा ७६ वटा मुद्दा दर्ता भई ४ जना महिला, ९७ जना पुरुष गरी जम्मा १०१ जनालाई पक्राउ गरी अनुसन्धान गरिएको थियो जुन यो संख्या ४६।०५ प्रतिशतले बढेको छ  ।
साथै उमेर समूहको तुलना गर्दा १५ देखि २५ वर्ष उमेर समूहका व्यक्तिहरूको बढी रहेको देखिएको छ । यस अवधिमा २४८ ग्राम ७८१ मिलि ग्राम खैरो हेरोइन, ७८३ ट्याब्लेट नाईट्राभेट, ७४१ क्याप्सुल स्पास्मो , ४१ किलो ५७ ग्राम ७९७ मिलिग्राम चरेश, ८० क्याप्सुल नाईट्राजपाम,२३ थान प्रोयल स्पान , २८.०२ ग्राम गाँजा र ८ थान ट्रामडोल बरामद गरिएको छ।

चालु आर्थिक वर्षको नौ महिनामै अदालतबाट फैसला भई फरार रहेका प्रतिवादीहरू ६६ जना र अनुसन्धानको क्रममा फरार रहेका २५ जना गरी जम्मा ९१ जना फरार प्रतिवादीहरू पक्राउ गरिएको छ, भने गत आर्थिक वर्षको ९ महिनामा अदालतबाट फैसला भई फरार रहेका प्रतिवादीहरू ४८ जना र अनुसन्धानको क्रममा फरार रहेका २२ जना गरी जम्मा ७० जना फरार प्रतिवादीहरू पक्राउ परेका थिए ।
यस्तै भन्सार छली, चोरी निकासी तथा पैठारी नियन्त्रण अन्तर्गत एक करोड २० लाख ७५ हजार ८ सय ८० राजश्व सङ्कलन गरिनुका साथै १२ जनालाई पक्राउ र १० वटा सवारी साधन नियन्त्रणमा लिएको उनले बताए ।

गत आर्थिक वर्षमा सोही अवधिमा ९७ लाख ५६ हजार ८ सय ९८ राजश्व सङ्कलन गरिनुका साथै ८ जनालाई पक्राउ र १७ वटा सवारी साधन नियन्त्रण गरिएको थियो । जुन गत वर्षको तुलनामा यस आर्थिक वर्षमा २३.७६ प्रतिशतले राजश्व बढेको देखिएको छ । यस अवधिमा अपराधमा संलग्न ७२ जना महिला र १०९१ जना पुरुष गरी जम्मा ११६३ जनालाई पक्राउ गरी अनुसन्धान गरिएको  छ ।

यस्तै समुदाय प्रहरी साझेदारी अवधारणा अन्तर्गत ’हाम्रा प्रहरी सँग हामी’ कार्यक्रम तथा ञहाम्रा सन्ततिको भविष्य बचाउ झअभियान अन्तर्गत विभिन्न विद्यालय तथा अन्य स्थानहरूमा जम्मा ४४० वटा जनचेतनामूलक कार्यक्रमहरू सञ्चालन गरेको अधिकारीले बताए । अधिकारीको सरुवासँगै प्रहरी प्रधान कार्यालय काठमाडौं नक्सालबाट एसपी सोमेन्द्रसिंह राठौर कैलाली प्रहरीको कमान्ड सम्हाल्न आउने भएका छन् ।


३० चैत २०७८, बुधवार २०:५१ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु