punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

कैलालीका प्रमुख प्रहरी उपरीक्षक अधिकारी पुरस्कृत

Chaupati
safha napa

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख तथा प्रहरी उपरीक्षक विश्व अधिकारी पुरस्कृत भएका छन् । लगनशिलता, अनुशासन, ईमान्दारी एबं उत्कृष्ट कार्यको कदर गर्दै एसपी अधिकारी सम्मानित भएका हुन् । उनलाई बुधबार एक कार्यक्रमकाबीच सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख तथा प्रहरी नायव महानिरीक्षक पुरुषोत्तम कंडेलले नगद एक हजार चार सयसहित पुरस्कृत गरे ।

अन्य प्रहरी कर्मचारीहरुमा समेत सकारात्मक प्रभाव पर्ने तथा मनोबल उच्च रहने भएकोले प्रहरी नियमावली २०७१ (संशोधन सहित) परिच्छेद १५ को नियम १९७ को देहाय (ख) ले दिएको अधिकार प्रयोग गरी अभिलेखमा जनिने गरी नगद एक हजार चार सयसहित पुरस्कृत गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

यस्तै एसपी विश्व अधिकारीको काज सरुवा भएको छ । प्रहरी प्रधान कार्यालय काठमाडौंले अधिकारीको केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगन्ज काठमाडौंमा काज सरुवा गरेको हो । उनको स्थानमा काठमाडौं नक्सालबाट सोमेन्द्रसिंह राठौर आउने भएका छन् ।


३० चैत २०७८, बुधवार १६:३१ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु