गठबन्धनसँग एमाले एक्लै भिड्न तयार छ : अध्यक्ष भण्डारी

नेकपा एमालेका सुदूरपश्चिम प्रदेश कमिटी अध्यक्ष दामोदर भण्डारीले सत्ता गठबन्धनसँग आगामी निर्वाचनमा एमाले एक्लै भिड्न तयार रहेको बताएका छन् । एमालेले बुधबार पाटन नगरपालिकामा आयोजना गरेको चुनावी आमसभामा बोल्दै अध्यक्ष भण्डारीले यस्तो बताएका हुन् । जस्तोसुकै गठबन्धन आए पनि एमालेले जित्ने उनले दाबी गरे ।

अहिले परमादेशी सरकारले महँगी बढाउनुबाहेक केही काम नगरेकाले यो सरकार चाँडै ढल्ने उनले बताए । उनले भने, ‘हामी निर्वाचनमार्फत ठूलो पार्टी भएर आउछौँ । नागरिकले हामीलाई मत दिन्छन् ।’

चुनावी सभालाई सम्बोधन गर्दै भण्डारीले स्वतन्त्र र निष्पक्ष भएर आगामी चुनावमा मतदान गर्न मतदाताहरुलाई आग्रह गरे ।


२३ चैत २०७८, बुधवार २१:३६ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु