कैलालीमा ग्यास सिलिण्डर पड्किएर घरमा आगलागी

कैलालीमा ग्यास सिलिण्डर पड्किएर एक घरमा आगलागी भएको छ। जिल्लाको घोडाघोडी नगरपालिका ८ की ३२ वर्षीया मालती विकको घरमा विजुलीको तार सर्ट भई ग्यास सिलिण्डर पनि पड्किन गई आगलागी भएको प्रहरीले बताएको छ।

बुधबार राति भएको आगलागीबाट विकको खरले छाएको २ कोठे कच्ची घरसहित कुखुराको खोर र एक किराना पसल जलेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

आगलागीबाट २० लाखको क्षति भएको बताइएको कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले बताए। आगलागी प्रहरी र दमकलको सहायताले नियन्त्रणमा लिइएको उनले बताए।


२४ चैत २०७८, बिहीवार १०:४७ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु