punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

सार्वजनिक सवारीमा सिसिटिभी क्यामेरा जडान गर्न कञ्चनपुर प्रशासनको आग्रह

Chaupati
safha napa

कञ्चनपुर। जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले तीन दिनभित्र सम्पूर्ण सार्वजनिक सवारीसाधनमा अनिवार्य रूपमा सिसिटिभी क्यामेरा जडान गर्न अनुरोध गरेको छ।

बुधबार सूचना जारी गर्दै प्रशासनले सार्वजनिक यातायातमा हुने लैङ्गिक हिंसा रोकथामका लागि यशी वैशाख ५ गतेभित्र क्यामेरा जडान गर्न आग्रह गरेको हो। जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी मदन कोइरालाले सरकारको गत चैत १३ गते बसेको मन्त्रिपरिषद् बैठकबाट स्वीकृत शासकीय सुधारसम्बन्धी १०० कार्यसूचीको बुँदा नम्बर ९८ अनुरूप सार्वजनिक यातायातमा हुने लैङ्गिक हिंसा रोकथामका लागि जिल्लाबाट सञ्चालित सबै सार्वजनिक यातायातका साधनमा अनिवार्य रूपमा सिसिटिभी क्यामेरा तथा ड्यासक्याम जडान गर्न आग्रह गरेका हुन्।त्यसैगरी, सबै सार्वजनिक यातायातका सवारीसाधनमा प्रस्ट देखिने गरी अनिवार्य भाडादर टाँस्न प्रमुख जिल्ला अधिकारी कोइरालाले आग्रह गरेका छन्। यसका साथै सबै सार्वजनिक सवारी चालक र सहचालकलाई यात्रा अवधिभर तोकिएको पोसाक र परिचयपत्र अनिवार्य गरिएको छ। चालक तथा सहचालकले अनिवार्य रूपमा पोसाक लगाउन प्रशासनले निर्देशन दिएको हो। यसैगरी, सबै सार्वजनिक सवारीसाधनमा जिपिएस ट्र्याकिङको अनिवार्य व्यवस्था गर्न प्रशासनले सम्बन्धित सबै पक्षलाई आग्रह गरेको छ। अन्यथा नियमानुसार कानुनी कारबाही गरिने प्रशासनले चेतावनी दिएको छ।

कञ्चनपुर भएर छोटो तथा लामो दूरीका गरी झन्डै तीन हजार पाँच सय सार्वजनिक सवारीसाधन सञ्चालनमा छन्। जसमध्ये लामो दूरीका दुई हजार सवारीमध्ये अधिकांशमा क्यामेरा जडान गरिएको महाकाली यातायात प्रणालीका अध्यक्ष डम्बर पन्तले बताउनुभयो। निर्णय कार्यान्वयनका लागि सबै यातायात व्यवसायीलाई अनुरोध गरिएको उनको भनाइ छ। यद्यपि, केही दिनको मात्रै समय तोकिएकाले सिसिटिभी क्यामेरा उचित मूल्यमा उपलब्ध भएसम्म सबै सवारीसाधनमा जडानतर्फ व्यवसायी लाग्ने उनले बताए।


३ वैशाख २०८३, बिहीवार १३:४२ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु