घोराही नेपालकै पहिलो ‘बालमैत्री उपमहानगरपालिका’ घोषित
दाङको घोराही उपमहानरपालिकालाई नेपालको पहिलो ‘बालमैत्री उपमहानगरपालिका’ घोषणा गरिएको छ । दाङ जिल्ला उद्योग वाणिज्य संघको सभागृहमा बुधबार आयोजित कार्यक्रममा उक्त घोषणा गरिएको हो ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले घोराही उपमहानगरपालिकालाई नेपालकै पहिलो बालमैत्री उपमहानगर घोषणा गरेका हुन् ।
कार्यक्रममा विभिन्न विद्यालयबाट आएका विद्यार्थीहरूले नृत्य प्रस्तुत गरेको थिए । बालमैत्री घोषणा कार्यक्रममा सघाउने व्यक्ति तथा संघ संस्थाहरूलाई सम्मान एवं प्रशंसापत्र प्रदान गरिएको थियो ।
२३ चैत २०७८, बुधवार २१:२० बजे प्रकाशित













