punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

अस्ट्रेलियाविरुद्ध पाकिस्तानको शानदार जित

Chaupati
safha napa

पाकिस्तानका कप्तान बाबर अजाम र इमाम उल हकको शतकको मद्दतमा पाकिस्तानले अस्ट्रेलियालाई ६ विकेटले पराजित गरेको छ। टस हारेर पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले ५० ओभरमा आठ विकेट गुमाएर ३ सय ४८ रनको विशाल स्कोर बनाएको थियो। पाकिस्तानी कप्तान बाबरले शतक पूरा गरेसँगै एकदिवसिय क्रिकेटमा कम इनिङमा १५ वटा शतक बनाउने रेकर्ड बनाएका छन्।

उनले मात्र ८३ पालीमा १५ शतक पूरा गरे। यसअघि यो कीर्तिमान हासीम अमलाको नाममा रहेको थियो। उनले ८६ इनिङमा १५ शतक पूरा गर्दा भारतका खेलाडी बिराट कोहलीले एक सय ६ इनिङमा यो उपलब्धि भेटाएका थिए।

लाहोरमा भएको खेलमा टस हारेर पहिलो ब्याटिङ गरेको अस्ट्रेलियाले बेन म्याक्डेरमोटले १ सय ४ रनको शतकीय इनिङमा ३ सय ४८ रनको स्कोर तयार गरेको थियो। उसका लागि थप स्कोरका रुपमा ट्राभिस हेडले ८९ रन बनाउँदा मार्नुस लबुसानले ५९ तथा मार्कुस स्टोनीसले ४९ रन बनाएका थिए। पाकिस्तानका साहिन साह अफ्रिदीले चार तथा मोहम्मद वासिमले दुई विकेट लिए।

३ सय ४९ रनको लक्ष्य पछ्याएको पाकिस्तानले ६ बल बाँकी हुँदा चार विकेट गुमाएर लक्ष्य पुरा गरेको थियो। उत्कृष्ट सुरुवात गरेको पाकिस्तानले पहिलो विकेटका लागि १ सय १८ रनको साझेदारी गर्दै राम्रो सुरुवात गर्‍यो।

उसका ओपनर फकर जमान ६७ रनमा आउट हुँदा इमाम उल हक र बाबर आजमले दोस्रो विकेटका लागि १ सय १ रनको साझेदारी गरे। त्यस्तै तेस्रो विकेटका लागि बाबरले मोहम्मद रिजवानसँग ८० रनको साझेदारी गरेका थिए। पाकिस्तानको जितमा इमामले ९७ बलमा १ सय ६ रनको इनिङ खेल्दा बाबरले ८३ बलमा १ सय १४ रनको इनिङ खेले।

पाकिस्तानको जितसँगै तीन खेलको एकदिवसिय सिरिज १-१ को बराबरीमा पुगेको छ। अब अन्तिम एकदिवसिय खेल शनिबार लाहोरमानै हुने छ। त्यसपछि एक टी-२० खेल हुने छ। यसअघि पहिलो एक दिवसीय खेलमा अस्ट्रेलिया ८८ रनले विजयी भएको थियो।


१८ चैत २०७८, शुक्रवार ११:३६ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु