punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

अटोको ठक्करबाट मृत्यु भएका पुरुषको पहिचान खुल्न सकेन

Chaupati
safha napa

धनगढी उपमहानगरपालिका –३ चटकपुर स्थित अटोले ठक्कर दिँदा मृत्यु भएका पुरुषको पहिचान अझै खुल्न सकेको छैन् ।
जिल्ला प्रहरी कार्यलय कैलालीका अनुसार मंगलबार दिउँसो सु.प.प्र.०१००१ ह ४९८५ नम्बरको अटो रिक्साले ठक्कर दिँदा अन्दाजी ६० वर्षीष पुरुषको मृत्यु भएको हो ।

करिव ६०/६५ बर्षको जस्तो देखिने माथिल्लो शरिरमा खैरो रंगको अस्कोट र रातो भेष्ट, तल्लो शरिरमा कालो जिन्स पाईन्ट, टाउकोमा धाँका टोपी र खुट्टामा कालो चप्पल लगाएको र कपाल खौरिएको पुरुषको पहिचान नभएको प्रहरीले जनाएको छ ।

उनको अझै पहिचान खुल्न नसकेको हुँदा सम्वन्धीतले कार्यलयमा सम्पर्क गर्न प्रहरीले अनुरोध गरेको छ ।
दुर्घटनामा अटोमा सवार अन्य २ जना घाइतेको मायामेट्रो अस्पतालमा उपचार भइरहेको छ । अटो चालक गोदावरी नगरपालिका -५ गेटा बस्ने २८ वर्षीय देवबहादुर विकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।


१६ चैत २०७८, बुधवार १४:४७ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु