punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

टिपरको ठक्करबाट स्कूल हिँडेका दिदीबहिनीको मृत्यु, बाबु घाइते

Chaupati
safha napa

काठमाडौंको गोकर्णेश्वर नगरपालिका–१, सुन्दरीजलमा टिप्परको ठक्करबाट दुई जना विद्यार्थीको मृत्यु भएपछि तनावको स्थिति सिर्जना भएको छ। स्थानीय वल्र्ड युथ इन्टरनेश्नल स्कुलमा अध्ययरत सृष्टी र श्रेया घिसिङको टिपरको ठक्करबाट मृत्यु भएपछि तनावको स्थिति सिर्जना भएको हो।

आक्रोशित स्थानीयले ट्रिपरमा तोडफोड गरेका छन्, सडक अबरुद्ध पारेका छन्। स्थितिलाई नियन्त्रणमा लिन बाक्लो प्रहरी परिचालन गरिएको छ। केही राउण्ड अश्रूग्याँससमेत प्रहार गरिएको छ। बिहान ८ बजे दुई जनालाई उनीहरुका बुबाले मोटरसाइकलमा राखेर स्कुल लैजाँदै गर्दा बा४ख ६९६५ नम्बरको टिपरले ठक्कर दिंदा घटनास्थलमै मृत्यु भएको थिय।

घटनामा उनीहरुका बुबा रोहन घिसिङ पनि गम्भीर घाइते छन्। चालकले टिपर ब्याक गरेर दुवै छोरीलाई किचेको घिसिङको आरोप छ। घाइते घिसिङको नेपाल मेडिकल कलेज अत्तरखेलमा उपचार भइरहेको छ।


१६ चैत २०७८, बुधवार १३:०२ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु