कस्तो रहला दिनभर र राति देशभरको मौसम ?
प्रदेश १, मधेस, बागमती र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रही अन्य भू–भागमा आजको मौसम सामान्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
यी चार (प्रदेश १, मधेस, बागमती र गण्डकी) प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङ्सहित हल्का वा क्षणिक वर्षाको पनि सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।
अहिले बिहान प्रदेश १ लगायत बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागमा सामान्य बदली रही अन्य भू–भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहेको छ । काठमाडौं उपत्यकाका केही स्थानमा बिहान वर्षा भएको छ ।
आज राति पनि दिउँसोको जस्तै मौसमी प्रणाली रहने महाशाखाले जनाएको छ ।
१६ चैत २०७८, बुधवार ०७:२१ बजे प्रकाशित































