punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

धनगढीमा अटो रिक्साले ठक्कर दिदाँ पैदलयात्रीको मृत्यु, अन्य २ जना घाइते

Chaupati
safha napa

कैलालीमा अटो रिक्साले पैदलयात्रीलाई ठक्कर दिदाँ एक जनाको मृत्यु भएको छ । मंगलबार दिउँसो धनगढी उपमहानगरपालिका–३ चटकपुर स्थित सु.प.प्र.०१००१ ह ४९८५ नम्बरको अटो रिक्साले पैदलयात्रीलाई ठक्कर दिएको थियो ।

जिल्लाको गोदावरी नगरपालिका ५ गेटा बस्ने बर्ष २८ का देव बहादुर बिकले चलाएको अटोले अन्दाजी ६०/६५ बर्षका पुरुष परिचय नखुलेका पुरुषलाई ठक्कर दिएको थियो ।
यस्तै अटोमा सवार जानकी गाउँपालिका– ८ बस्ने बर्ष २० की सिलोचना चौधरी र सोही ठाउँकी २२ बर्षिया नृपा थारु पनि घाइते भएको जिल्ला प्रहरी कार्यलय कैलालीले जनाएको छ ।

उपचारको लागि धनगढीको माया मेट्रो अस्पतालमा लगिएकोमा उपचारको क्रममा  पैदलयात्रीको मृत्यु हो । यस्तै अन्य दुई जनाको भने उपचार भइरहेको छ । अटो र अटो चालकलाई जिल्ला प्रहरी कार्यलय कैलालीले नियन्त्रणमा लिएको छ ।


१५ चैत २०७८, मंगलवार २२:२८ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु