बझाङमा भीरबाट लडेर एक जनाको मृत्यु
बझाङमा भीरबाट लडेर एक जनाको मृत्यु भएको छ । जिल्लाको बिथ्डचिर गाउँपालिका वडा न -१ का १५ बर्षिय छोरा ललित बोहराको मंगलबार साँझ बार्खा चराउने क्रममा भिरबाट लडेर मृत्यु भएको हो ।
उनि करिब बिहान बाख्रा चराउन बैतडी जिल्लाको सिगास गाउँपालिका वडा न- ९ को सुरेनि डाँडाँ तिर गएका थिए ।
बाख्रा चराउने क्रममा भीरबाट लडेर उनको घटना स्थलमै मृत्यु भएको मृतकका आफन्तले जनाएका छन् ।
१५ चैत २०७८, मंगलवार २१:४४ बजे प्रकाशित































