punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

चितुवाको छालासहित एकजना पक्राउ

Chaupati
safha napa

चितुवाको छालासहित प्रहरीले एकजनालाई पक्राउ गरेको छ । वाग्लुङको तमान गाउँपालिका-४ घर भई काठमाडौं सामाखुसी गणेशस्थान बस्‍दै आएका २७ वर्षीय नर बहादुर गौतमलाई महानगरीय प्रहरी परिसर ललितपुरले पक्राउ गरेको हो ।

उनको साथबाट प्रहरीले चितुवाको ७ फिट ३ इन्च लम्बाई र ३ फिट ९ इन्च चौडाई भएको छाला बरामद गरेको छ ।

ललितपुर महानगरपालिका-३ पुल्चोकस्थित ललितपुर महानगरपालिकाको भवन अगाडि सडकमा बा.२ ज ४९५१ नम्बरको ट्याक्सीमा सवार नर बहादुरले बोराभित्र प्लाष्टिकले बेरी राखेको प्रहरीको दाबी छ । पक्राउ परेकामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


१४ चैत २०७८, सोमवार १३:३७ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु