punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

डोटीमा यसपटक २३ हजार मतदाता थपिए

Chaupati
safha napa

डोटीमा यसपटक करिव २३ हजार मतदाता थपिएका छन् । माघ चौथो साता केन्द्रीय तथ्याङ्क बिभागले सार्वजनिक गरेको प्रारम्भिक विवरण अनुसार जिल्लाको जनसंख्या घट्दो देखिएपनि मतदता भने बढेका छन् । २०६८ को जनगणना अनुसार जिल्लाको जनसंख्या दुई लाख ११ हजार सात सय ४६ रहेकोमा पछिल्लो जनणनाले दुई लाख पाँच हजार ६ सय ८३ मात्र देखाएको छ ।

जनसंख्या घटेको भए पनि पछिल्लो पाँच वर्षमा जिल्लाको मतदाता भने करीव २२.७६ प्रतिशतले वृद्धि भएको छ । २०७४ साल असार १४ गते सम्पन्न स्थानीय तहको निर्वाचनमा जिल्लामा एक लाख एक हजार एक सय १६ मतदाता रहेकामा २०७९ साल वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि एक लाख २४ हजार १४ जना मतदाता रहेको जिल्ला निर्वाचन कार्यालय डोटीका सूचना अधिकारी दलबहादुर मलासीले जानकारी दिए । यस आधारमा करीव पाँच बर्षको अवधिमा २२ हजार नौ सय ९८ मतदाता थपिएका छन् ।

जनगणनाको प्रारम्भिक नतिजाले जनसंख्या घटेको स्थानीय तहहरुमा पनि मतदाता संख्यामा उल्लेख वृद्धि भएको छ ।


१४ चैत २०७८, सोमवार १३:०७ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु